शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पतालमा राखिने
थानकोट ।
आइतबार बिहान दिवंगत भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ ।
उनको पूरै शरीर दान गरिएकाले अन्तिम संस्कार नहुने वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बताएका छन् । जोशीको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमा राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ ।












