दिवंगत शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अस्पताललाई, छोराहरूले गरे जन्मकुण्डलीको अन्त्येष्टि
थानकोट ।
शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीको अन्त्येष्टि गरिएको छ ।
जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती नदी घाटमा आज बेलुका ६:१४ बजे जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाएको गिरिश गिरीले जनाएका छन् ।
जोशीले आफ्नो शरीर अस्पताललाई दान दिएका थिए ।
सोही कारण उनका छोराहरूले पिता (सत्यमोहन जोशी) को इच्छाबमोजिम जन्मकुण्डलीको अन्त्येष्टि गरेका हुन् ।
१०३ वर्षको उमेरमा आइतबार जोशीको निधन भएको हो । उनको निधनको शोकमा सरकारले सार्वजनिक बिदा दिने भएको हो ।
तस्बिर: गिरीश गिरी















