कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा

Thankot Times

थानकोट । 

सरकारले शताब्ती पुरूष सत्यमोहन जोशीको निधनको शोकमा भोलि कार्तिक १ गते सार्वजनिक बिदा दिने भएको छ ।

वाङ्मय शताब्दी पुरूष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

सरकारले उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *