सलोन बस्नेतको बिहे: चन्द्रागिरिमा मेहेन्दी, पातले वनमा विवाह
थानकोट ।
चन्द्रागिरि ७ चेकपोष्ट निवासी फिल्म निर्देशक शोभित बस्नेत छोरा एवं अभिनेता सलोन बस्नेतको विवाह धूमधामले गर्ने योजनामा छन् ।
सोमबार काठमाडौंमा सलोन अभिनित फिल्म ‘मीलन’को पत्रकार सम्मेलनमा शोभितले सलोनका विवाह योजना सुनाउनेदेखि उनलाई कटाक्ष गर्न समेत भ्याए ।
यतिबेला सलोनको विवाहका लागि बस्नेत परिवारले मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ । वैवाहिक कार्यक्रम मंसिर १२ गते हुनेछ ।
उक्त जमघटमा शोभित र सलोन दुवैले सञ्चारकर्मीलाई वैवाहिक कार्यक्रमबारे जानकारी गराए । मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ ।
सलोनले प्रेमिका करिश्मा केसीसँग विवाह गर्दैछन् ।












