केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव पनि छैन् ।
महाशाखाका अनुसार आज दिउसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति भने गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधवार राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *