तीव्रगतिमा हुँइकिएका दुई मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालकहरुको मृत्यु

Thankot Times

थानकोट ।

दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा झापामा भयानक दुर्घटना भएको छ ।

सोमबार साँझ बिर्तामोड नगरपालिका-२ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक  झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला र छोरी  प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

घाइते दुई जनाको अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ ।  मोटरसाइकल तीव्र गतिमा हुँदा दुर्घटना भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *