अरिंगालले टोक्दा आमाछोरीको मृत्यु
थानकोट ।
अरिंगालले टोक्दा सिद्ध कुमाख गाउँपालिका सल्यानमा आमाछोरीको मृत्यु भएको छ । अरिंगालको टोकाइबाट १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्ध कुमाख-१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी २ वर्षीया प्राप्ति बुढाथोकीको अरिंंगालको टोकाइबाट मृत्यु भएको हो ।
उनीहरूलाई सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले टोकेको थियो । उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो ।
शोभालाई भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
अर्का घाइते २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ ।












