मन्जन किन्दा तल हरियो रंगको चिन्ह हेरौं, कालो रंग बालबालिकाका लागि घातक
थानकोट ।
चिकित्सकहरुले मञ्जन वा ट्युबको बाहिर उल्लेख गरिएको रङमा ध्यान दिन सुझाव दिएका छन् ।
हामीले मञ्जनको सबैभन्दा तल्लो भागमा राखिएको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ ।
कालो
टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइएको संकेत गर्छ ।
रातो
रातो रङले ट्युबभित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ ।
नीलो
नीलो रङको मञ्जनमा प्राकृतिक सामग्री र लाभदायक औषधि दुवै समावेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँतसम्बन्धी कुनै पनि प्रकारको रोग भएका व्यक्तिको निम्ति लाभदायक हुने भएकाले त्यस्ताले बढी प्रयोग गर्छन् ।
हरियो
ट्युबको बाहिर पोतिएको हरियो रङको कोडले टूथपेष्ट शुद्ध प्राकृतिक स्रोत र सामग्रीबाट बनेको संकेत गर्ने चिकित्सकहरु बताउँछन् ।
तीमध्ये कालो रङको कोड भएको मञ्जन बालबालिकाका लागि हानिकारक हुने बताइन्छ । यसमा रसायनको मात्र प्रयोग हुन्छ । तर, हरियो रंगको कोड भएको मञ्जनले दाँतलाई अरु मञ्जनको तुलनामा लाभदायक हुने चिकित्सकहरुले बताएका छन् ।














