नेपालमा १ हजार ७ सय जना डेंगुका संक्रमित थपिए

Thankot Times

थानकोट ।

नेपालमा १ हजार ७ सय १४ जना डेंगुका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको छ ।

 हालसम्म नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *