सिंगुसले चिल्दा १ जनाको मृत्यु, ६ जना घाइते
थानकोट ।
तनहुँको व्यास नगरपालिका-१ तालघरे नजिक सिंगुस (माैरी प्रजातिको किरा)ले चिल्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका-११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिए ।
शरीरभरि सिंगुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अरु ६ जना घाइते भएका छन् ।
घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको छ ।












