आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Thankot Times

थानकोट । 

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । 

एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । 

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन  मन्त्रालयले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *