थप ५३ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट । 

नेपालमा देशभर सक्रिय  कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । सो अवधिमा थप ५१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस अविधमा  १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप लगाएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *