मातातीर्थमा ५ हजार लिटर अखाद्य मदिरा नष्ट
थानकोट ।
चन्द्रागिरि-८ मातातीर्थमा प्रहरीको ‘स्वईप अप्रेसन’मा अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्वुको संयुक्त टोलीले स्वईप अप्रेसनको क्रममा ५ हजार लिटर अवैध घरेलु मदिरा ५ हजार लिटर गरेको हो ।
काठमाडौं प्रहरी परिसर टेकुका अनुसार करिब ५ हजार लिटर अखाद्य र गुणस्तरहीन मदिरा बरामद गरिएको जनाएको छ।
प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक सुभद्रा लामा वाइवा र प्रहरी वृत्तका थानकोटका प्रहरी निरीक्षक लिला आचार्यकाे टाेलीले अवैध मदिरा नियन्त्रणमा लिएकाे काठमाडौं प्रहरी परिसरले जनाएको छ।
नियन्त्रणमा लिएकाे मदिरा प्रहरीले चन्द्रागिरि-८ का जनप्रतिनिधिहरूकाे राेहवरमा नष्ट गरिएको थियाे।
काठमाडौं चन्द्रागिरिमा प्रहरीले लुकाईइछिपाई टहरा जंगलबीच बनाइरहेकाे अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गर्दै आइरहेकाे छ।
सांकेतिक तस्बिर












