काठमाण्डाै उपत्यकामा बेलुकी ९ बजेपछि द्याैसी-भैलो खेल्न नपाइने, पटका पड्काए कारबाही

Thankot Times

थानकोट । 

तिहारमा काठमाडौं उपत्यकामा बेलुकी ९ बजेपछि द्याैसी-भैलो खेल्न नदिने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि द्याैसी-भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सबैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । ​आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिबार बिहानबाट माइकिङ गरिने काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । गत वर्ष ललितपुरमा म्ह पुजामा बालेको दीयोबाट आगो सल्किएर ग्यास सिलिन्डर विष्फोट भएको सो । सो दुर्घटनामा परेर एकै परिवारका ४ जनाले ज्यान गुमाएका थिए । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *