मकवानपुरमा अटो दुर्घटना, मलामी गएका एक जनाको मृत्यु, ३ जना घाइते
थानकोट ।
मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
घटनामा तीन जना घाइते भएका छन।
दुर्घटनामा बागमती-८ का रामबहादुर गाेलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । शुक्रबार राति बागमती-५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३-००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियाे, अनलाइन खबरमा समाचार छ ।
दुर्घटनामा परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।
घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाकाे चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।















