पाँचौं नैकाप गाेल्डकपकाे उपाधि तारकेश्वरलाई, ब्लु बेल सडेन डेथमा स्तब्ध (भिडियो सहित)
थानकोट ।
ब्लु बेल एफसीलाई पुन: सडेन डेथमा स्तब्ध बनाउँदै पाँचौं नैकाप गाेल्डकपकाे उपाधी तारकेश्वर युवा क्लबले हात पारेको छ।
तारकेश्वरले लगातार दाेश्राेपटक उपाधिमाथि कब्जा गरेकाे हाे । नियमित खेल अवधिभित्र दुवै टिमबाट कुनै गाेल हुन नसकेपछि खेल सडेन डेथमा धकेलिएको थियाे जसमा तारकेश्वर ५-४ ले विजयी भयाे ।
गत संस्करणमा पनि तारकेश्वरले सडेन डेथमा ब्लु बेललाई नै स्तब्ध बनाउँदै उपाधि चुमेकाे थियाे । उपाधीसँगै तारकेश्वरले नगद पाँच लाख रुपैयाँ हात पारेको छ ।















