नेपालमा डेङ्गुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो
थानकोट ।
नेपालमा डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ ।
हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ ।
मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।














