थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २ सय ५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६ सय ९६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *