भाइटीकाका दिन खुल्नेछ बालगोपालेश्वर मन्दिर
थानकोट ।
काठमाण्डाैको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि भाइटीकाका दिन बिहानैदेखि खुल्ने भएको छ ।
भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको बताइएको छ ।
यस मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिन्छ ।
भाइटीकाका अवसरमा दाजुभाई नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।














