थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा १६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा ६४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *