दुर्घटनामा एकै घरका दाजुभाईसहित तीनको मृत्यु
थानकोट ।
रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाईसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका-१ भालुjfङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ। नारायण र विष्णु दाजुभाइ हुन्।
रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो।
रासस














