भारतीय युट्युबर जट्ट प्रभाज्वतले हाँकेको मोटरसाइकल धादिङमा दुर्घटना, पैैदययात्रीको मृत्यु

Thankot Times

थानकोट ।

धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच-१-सिडब्लु ५९७१  को मोटरसाइकलले ठक्कर दिँदा मंगलबार धादिङको गजुरी बजारमा एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गजुरी गाउँपालिका-१ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् ।

दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम खत्रीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *