राष्ट्रपति र प्रधानमन्त्रीले यसपटक मनाएनन् भाइटीका

Thankot Times

थानकोट ।

यमपञ्चकको अन्तिम दिन आज भाइटीका मनाइँदैछ। बिहान ११:३७ को शुभ साइतमा दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन्, यो क्रम दिनभर जारी रहनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्ष भाइटीका ग्रहण गरेनन्। भातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन्। भातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *