थप २९ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ५ सय २८ जना

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सो अवधिमा देशभरबाट ६३४ नमूना परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६१९ र एन्टिजेनबाट १५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५२८ पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *