जसपाको घोषणापत्र सार्वजनिकः संविधानको पुनर्लेखन, कार्यकारी राष्ट्रपति

Thankot Times

थानकोट । 

जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ।

शनिबार आगामी निर्वाचन लक्षित घोषणापत्र पत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता औँल्याएको छ।

पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको बताएको छ।  

पार्टीका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने, स्वतन्त्र र निष्पक्ष प्रेसको विकासमा सहयोग गर्ने तथा देशमा विद्यमान बहुल संस्कृतिको प्रवद्र्धन गर्न मातृभाषामा प्रचार–प्रसार गर्ने बताउनुभयो । चलचित्र उद्योगको विकास र संवद्र्धन गर्न समयानुकूल राष्ट्रिय चलचित्र नीति निर्माण गर्ने र मातृभाषामा बनाइने चलचित्रका लागि विशेष सहुलियत दिने उक्त पार्टीको नीति छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *