चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा कार्तिक २५ गते चन्द्रागिरि आउँदै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले चन्द्रागिरि नगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

बुधबार चन्द्रागिरि नगरपालिका सतुंगलमा आयोजित तरूण तथा युवा भेला कार्यक्रममा नेपाल तरूण दल क्षेत्र नं. १० का सभापति ईश्वर लामाले सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी शुक्रबार आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सतुंगलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस चन्द्रागिरि नगर सचिव नविन महर्जनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ