चन्द्रागिरिदेखि धादिङसम्म अँध्यारो, आज विद्युत सुचारू हुने सम्भावना न्यून”- प्राधिकरण

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरका अधिकाशं क्षेत्रमा शनिबार दिउँसोबाट अवरुद्घ विद्युत सेवा अझै सुचारू हुन सकेको छैन् ।

नेपाल विद्युत प्राधिकरणको कुलेश्वर वितरण केन्द्रका कर्मचारीले थानकोट टाइम्सलाई दिएकाे जानकारी अनुसार प्राधिकरणको मातातीर्थ सव-स्टेशनकाे मुख्य ट्रान्सफरमरमा समस्या आएपछि यस क्षेत्रमा घण्टाैंदेखी विद्युत सेवा अवरुद्घ भएको हाे ।
शनिबार दिउँसोदेखि चन्द्रागिरि नगरका अधिकाशं क्षेत्र तथा धादिङ जिल्लाका कैयन क्षेत्रमा समेत विद्युत सेवा अवरुद्घ भएकाे छ।

मातातीर्थ सवस्टेशनमा समस्या देखिएको ट्रान्सफरमरकाे मर्मतमा कठिनाई देखिएपछि वैकल्पिक लाइन मार्फत विद्युत सेवा सुचारूकाे प्रयास भइरहेकोमा त्याे सम्भावना पनि टरेकाे प्राधिकरण स्राेतले जानकारी दियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *