निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर प्रयोग नगर्न निर्वाचन अधिकृतहरूलाई आयोगको एसएमएस

Thankot Times

थानकोट । 

मतदानका दिन प्रयोग गर्न भनेर निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको छ ।

खरिद गरिसकेको स्यानिटाइजर गुणस्तरहीन भएपछि स्यानिटाइजर प्रयोग नगर्न आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको छ । 

निर्वाचन आयोगले मंगलबार साँझ पठाएको एसएमएसमा प्राविधिक प्रतिवेदन अनुसार स्यानिटाइजर प्रयोग गर्न अयोग्य देखिएकाले मतदान केन्द्रमा नपठाउनुहुन र पठाइसकेको भए सम्भव भएसम्म फिर्ता पठाउन भनिएको छ । साथै उक्त स्यानिटाइजर प्रयोग नगर्न समेत भनिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो ।

स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै आयोगले उक्त स्यानिटाइजर प्रयोग नगर्न सूचित गराएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ