काठमाण्डाै क्षेत्र नं. १० मा काँग्रेसका राजेन्द्रकुमार केसीको सानदार ह्याट्रिक
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं.१० को मतगणना सकिएको छ ।
प्राप्त अन्तिम मतपरिणाम अनुसार नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले यस क्षेत्रमा लगातार तेश्रो पटक जितको ह्याट्रिक पूरा गरेका छन् ।
केसी २०७४ तथा २०६८ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने २०६४ को निर्वाचनमा पराजित भएका थिए ।
केसीले १४४५८ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११७८६ मत पाएका छन् ।
७६ हजार ९ सय ६ जना मतदाता रहेका यस निर्वाचन क्षेत्रमा गत आइतबार सम्पन्न आम निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० मा ५३ हजार ६ सय ४५ जनाले मतदान गरेका थिए ।
















