काठमाण्डाै क्षेत्र नं. १० मा उम्मेदवारी दिएका १८ जनाले कतिकति मत पाए ?
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं.१० मा नेपाली काँग्रेसले आफ्नो विरासत कायमै राखेको छ । उसका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीले यस क्षेत्रमा लगातार तेश्रो जित हात पार्दै अर्को ५ वर्ष यस क्षेत्रको प्रतिनिधि चुनिएका छन् ।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य बन्नका लागि विभिन्न दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ७६ हजार ९ सय ६ जना मतदाता रहेका यस निर्वाचन क्षेत्रमा गत आइतबार सम्पन्न आम निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० मा ५३ हजार ६ सय ४५ जनाले मतदान गरेका थिए । जसमध्ये २२१० मत बदर भएको छ ।
थानकोट टाइम्सले प्राप्त गरेको अन्तिम मतपरिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा र राप्रपाका उम्मेदवारहरूले मात्रै धराैटी फिर्ता पाउन सफल भएका छन् ।
कसले कति मत पाए हेराैंः










