काठमाण्डाै क्षेत्र नं. ९ मा ९९५ मतान्तरले घन्टी दोश्रो, उम्मेदवार पोखरेलले दिए धन्यवाद्
थानकोट ।
राष्ट्रिय राजनीतिमा सरप्राइज बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डाै क्षेत्र नं. ९ सानदार उपस्थिति देखाएको छ ।
यस क्षेत्रबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएपनि रास्वपाले अन्तिम क्षणसम्म कडा चुनाैती पेश गर्यो । श्रेष्ठ रास्वपाका टेकबहादुर पोखरेल भन्दा ९९५ मत बढी ल्याइ विजयी भएका हुन् ।
आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकाल्ने क्रममा श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गरेका थिए भने पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।
यसैबीच रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेलले सामाजिक सञ्जालमार्फत सबै मतदाताहरूमा धन्यवाद दिएका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्ः
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा मलाई मत दिनुहुने सम्पुर्ण काठमाडौ क्षेत्र नम्बर नौ का मतदाताहरुमा हार्दिक धन्यवाद भन्न चाहन्छु, साथै म मात्र हारेको हो मेरा मतदाता सम्पुर्णको जित र हार भएको छैन् पिर चिन्ता नलिनुहुन र म सदादिन तपाईहरुको साथमा साथ भएर यस क्षेत्रको विकास निर्माणमा र तपाईँहरुकै साथमा छु धन्यवाद् ।














