काठमाण्डाै क्षेत्र नं. १० को समानुपातिकतर्फ पनि रूखको अग्रता, घण्टी दोश्रोमा
थानकोट ।
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै काठमाण्डाै क्षेत्र नं. १० तथा प्रदेश तर्फको समानुपातिक मतगणना जारी छ ।
प्राप्त विवरणहरू अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिकमा पनि नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।
ताजा अवस्थामा ३८५८३ मतगणना सम्पन्न हुँदा रूख चिन्हमा ९१९९ मत परेको छ भने सूर्य चिन्हमा ६९४५ मत परेको छ । हलोले ५७२२ मत पाउँदा हँसिया हथाैडामा ३१८२ मत परेको छ । घण्टी चिन्हमा ७६१३ मत परेको छ ।















