काठमाण्डाै क्षेत्र नं. १० को मतगणना सकियो, समानुपातिकमा पनि रूख अघि, घण्टी दोश्रो
थानकोट ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना देशभर जारी छ ।
काठमाण्डाै क्षेत्र नंं. १० मा समानुपातिक तर्फको मतगणनासमेत सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बुधबार अबेर सकिएको मतगणनाको प्रतिवेदन अनुसार यस क्षेत्रको प्रतिनिधि सभातर्फको समानुपातिकमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले दोश्रो स्थान पाएको छ ।
नेकपा एमालेले तेश्रो तथा राष्ट्रिय प्रजातन्त्र पार्टी चाैथो स्थानमा रहेको छ ।
५३५३७ समानुपातिक मत खसेको काठमाण्डाै क्षेत्र नंं १० मा ५१८४२ मत सदर भएको थियो ।
जहाँ रूख चिन्हमा ११६१४ , सूर्यमा १०१८२ , हलोमा ७३९१ , हँसिया हथाैडामा ४२७१ , घण्टीमा ११५७६ मत परेको निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले जानकारी दिनुभयो ।
















