प्रतिनिधिसभा समानुपातिकमा एमाले र कांग्रेसलाई ४-४ लाख बढी मत, स्वतन्त्र पार्टी तेस्रो
थानकोट ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ४ लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले ४ लाख ५२ हजार ७३० मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले ४ लाख १६ हजार १८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ३४ हजार ७४७ मतसहित तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १ लाख ९२ हजार ७४२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २३ हजार ९०९, जनता समाजवादी पार्टी नेपालले ५७ हजार ९१० मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार ४५७, जनमत पार्टीले २८ हजार ३४४, नेकपा एकीकृत समाजवादीले २८ हजार ३७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार ६१६ मत ल्याएको छ ।
विभिन्न साना दलहरूको मत जोड्दा ९८ हजार ५१९ मत आएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार बढी मत ल्याउनुपर्नेछ ।
प्रदेशसभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । ४ प्रदेशमा एमाले, २ प्रदेशमा कांग्रेस र १ प्रदेशमा माओवादी अगाडि देखिएको छ ।














