हार स्वीकार गरे कमल थापाले

Thankot Times

थानकोट

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर–१ मा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तिम मत परिणाम सार्वजनिक हुनु अघि नै आफ्नो पराजय स्वीकार गरेका छन् । सो क्षेत्रमा अझै करिब १० हजार मत गणना बाँकी छ ।

उनले सामाजिक सञ्जालमार्फत पराजयलाई स्वीकार गर्दै लेखेका छन्, ‘पराजयलाई सहर्ष स्वीकार गर्दछु । हामीलाई मत दिनुहुने सबैमा आभार ।’ उनले सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद पनि दिएका छन् ।

उनले लेखेका छन्, ‘चुनावमा रातदिन नभनी इमानदारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरु प्रति आभारी छु ।’आफू देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ,’ उनले लेखेका छन्, ‘प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक हो । व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ ।’

उनले सनातन धर्म, संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको उल्लेख गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *