राजेन्द्र महतो सर्लाही-२ मा पराजित

Thankot Times

थानकोट ।

लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महत  सर्लाही-२ बाट प्रतिनिधिसभामा पराजित भएका छन् । सो क्षेत्रबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् ।

महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए ।

२०७४ सालमा धनुषा-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए ।

महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्ता गठबन्धनले यादवलाई साथ दिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *