इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेत विजयी
थानकोट ।
नेकपा एकीकृत समाजवादीका नेता एंवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजित भएका छन् ।
खनाललाई इलाम-१ बाट २९५७ मतान्तरले नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका हुन् ।
खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग खनाल पराजित भएका छन् ।
खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।














