सर्वोच्चको मुलढोकामा न्याय माग्दै रातो रङ छ्याप्ने सेतो पहिरन लगाएकी युवती प्रहरीको नियन्त्रणमा

Thankot Times

थानकोट । 

सर्वोच्च अदालतको मुल प्रवेशद्धारमा न्याय माग्दै रातो रङ छ्याप्ने दुई जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान न्याय माग गर्दै सर्वोच्च अदालतमा रातो रङ छ्याप्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

श्रीमानबाट हिंसा भएको हुँदा न्याय माग गर्दै सिराहाकी बिनु यादव मंगलबार सेतो कपडामा सर्वोच्च पुगेकी थिइन्। उनीसँगै अभियानकर्ता जस्मिन ओझापनि सर्वोच्चको गेटमा पुगेकी थिइन्। 

उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको प्रहरीले जनाएको छ।

बिनुको उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ।

तस्बिरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *