भोट माग्न हिँडेर घरदैलो, जितेपछि धन्यवाद दिन तीन दिनसम्म हेलिकप्टर प्रयोग

Thankot Times

थानकोट ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदातालाई धन्यवाद तथा र बधाई र्‍याली सम्बोधन गर्न हेलिकप्टर प्रयोग गरेका छन् ।

खड्काले १६ स्थानमा हेलिकप्टर चढेर भेटघाट र बधाई कार्यक्रममा सहभागिता जनाएका छन् ।

उनले सोमबार, मंगलबार र बुधबार गरी तीन दिन पाँच वटा पालिकामा पुग्न हेलिकप्टर प्रयोग गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका वडा, पालिका र कांग्रेस निर्वाचन परिचालन समितिले आयोजना गरेका धन्यवाद तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्न उनले हेलिकप्टर प्रयोग गरेका हुन् ।

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदातालाई धन्यवाद तथा र बधाई र्‍याली सम्बोधन गर्न हेलिकप्टर प्रयोग गरेका छन्, बाह्रखरीमा खबर छ । खड्काले १६ स्थानमा हेलिकप्टर चढेर भेटघाट र बधाई कार्यक्रममा सहभागिता जनाएका छन् ।

उनले सोमबार, मंगलबार र बुधबार गरी तीन दिन पाँच वटा पालिकामा पुग्न हेलिकप्टर प्रयोग गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका वडा, पालिका र कांग्रेस निर्वाचन परिचालन समितिले आयोजना गरेका धन्यवाद तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्न उनले हेलिकप्टर प्रयोग गरेका हुन् ।

तीन दिनसम्म खड्काले चिंगाड गाउँपालिका, सिम्ता गाउँपालिका, भेरीगंगा नगरपालिका र लेकबेँशी नगरपालिकाका पहाडी क्षेत्रका वडा र बस्तीमा हेलिकप्टर प्रयोग गरेको कांग्रेस भेरीगंगा नगर सभापति रामबहादुर सिंहले बताए ।

निर्वाचनअघि चुनावी प्रचारप्रसारमा गाडीमा र पैदल हिँड्ने तर जितेपछि हेलिकप्टर प्रयोग गरिएको भन्दै आलोचनासमेत भैइरहेको छ । 

उनी आज दिउँसो हेलिकप्टरबाटै काठमाडौं फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *