महाराजगन्ज चिकित्सा क्याम्पसका लागि २० उप-प्राध्यापक माग
थानकोट ।
चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज चिकित्सा क्याम्पसले ठूलो संख्यामा उप-प्राध्यापक माग गरेको छ ।
संस्थानले सोमबार सूचना प्रकाशन गरी विभिन्न १७ विषयमा गरी २० उप-प्राध्यापकका माग गरेको हो ।
१ वर्षका लागि करार सेवामा नियुक्तिका लागि संस्थानले आवेदन खुलाएको छ । योग्यता पुगेका इच्छुकलाई ३५ दिनभित्र विवेदन दिन आह्वान गरिएको छ।















