लोकसेवा पास भई वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई काठमाडौं महानगरले जागिर दिने

Thankot Times

थानकोट । 

काठमाडौं महनगरपालिकाले लोक सेवा आयोगको परीक्षा पास गरेर वैकल्पिक सूचीमा भएका इन्जिनियरलाई करारमा जागिर दिने भएको छ।

महानगरका अनुसार पूर्वाधार कामका लागि इन्जिनियर राख्नुपर्ने हुँदा गत वर्ष लोकसेवाको परिक्षा दिएर वैकल्पिकमा परेकालाई प्राथमिकता दिएको हो। 

मंगलबार एक विज्ञप्ति जारी गर्दै महानगरले गत वर्ष लोक सेवाले खुलाएको विज्ञापनमा पास भई वेटिङ लिस्टमा रहेका उम्मेदवारलाई जागिरका लागि निवेदन दिन भनेको हो। 

महानगरले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियरले सात दिनभित्र कागजातसहित निवेदन दिन भनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *