२५ वर्षीया दिपाको मृत्यु भएपछि प्रहरी वृत्त थानकोटमा मंगलबार दिनभर चर्काचर्की

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ चिसापानीकी दीपा थापा मृत भेटिएपछि माइती पक्षले प्रहरीमा जाहेरी दिएको छ। 

दिपा हराएको भन्दै उनका पति सुदर्शन थापाले माइती पक्षलाई खबर गरेका थिए । खोजीका क्रममा सोमबार पच्चीस वर्षीया दिपाको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

मृतकको शव पोस्टमर्टनका लागि अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

माइती पक्षले हत्याको किटानी जाहेरी दर्ताको माग गर्दै प्रहरी वृत्त थानकोटमा मंगलबार धर्ना दिएको थियो । मृतक थापाका माइती पक्षले प्रहरी वृत्त थानकोटमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएको छ ।

मृतक थापाको यसै वर्ष विवाह भएको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *