भरतपुर महानगरमा ७ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय कार्यान्वयनमा

Thankot Times

थानकोट ।
भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आएको छ ।

मंसिर महिनाबाट कार्यान्वयनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग ७ हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक मेयर निर्वाचित भएसँगै भरतपुरमा ७ हजार लिटरसम्म खानेपानी पिउने ग्राहकलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी थिइन् । पदभार ग्रहण गर्दा गरेको दुई वटा निर्णय मध्ये छोरी बीमा कार्यक्रम यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

मेयर दाहालले पहिलो पटक मेयरमा निर्वाचित भएपछि खानेपानीको पहुँचलाई सबै नगरबासीसम्म पुराउने गरी विभिन्न आयोजना निर्माण गर्न ठूलो रकम विनियोजन हुँदै आएको उल्लेख गरिन् ।
हाल भरतपुर खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिमार्फत ४५ हजार २३३ घरधुरी खानेपानीको पहुँचमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *