भिनाजुले हँसियाले हान्दा एक जना सालोको मृत्यु, अर्का एकजना घाइते
थानकोट ।
हँसिया प्रहारबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।
मृतक भण्डारीका भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गरेका थिए।
हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन्। घाइते जयराजलाई कोहलपुरको अस्पताल लगिएको छ।
घटना मंगलबार बेलुकी करिब ९ बजेतिरको हो। हँसिया प्रहार गर्ने ढुंगाना घटनापछि फरार रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।












