१६८३ परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार ८०३ पीसीआर परीक्षण गर्दा ९ जनालाई कोरोना देखिएको हो ।
त्यसैगरी ८८० एन्टिनेज परीक्षण गर्दा कसैलाई संक्रमण पुष्टि भएको छैन् । २४ घण्टामा जम्मा परीक्षण १ हजार ६८३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा एसएमएस र इमेलबाट आएका एन्टिनेज परीक्षणको विवरण समेत समावेश भएको जानकारी मन्त्रालयले दिएको छ ।
यो अविधिमा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
अहिले होम आइसोलेसनमा ७१ र संस्थागत आइसोलेसनमा १ जना गरी देशभर सक्रिय संक्रमितको संख्या ७२ जना रहेको छ ।














