समानुपातिक सांसदको टुङ्गो आज अपरान्ह ४ बजेसम्म लगाइसक्नुपर्ने
थानकोट ।
निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरुले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् ।
कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।
प्रतिनिधिसभामा एमालेले ३४ जना सांसद पाएको छ भने नेपाली काँग्रेसले ३२, माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनतम पार्टीले ५ सांसद् पाएको छ ।














