रुखले किचेर एक पुरुषको मृत्यु

Thankot Times

थानकोट । 

रुखले किचेर काभ्रेपलाञ्चोक जिल्लामा एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका-४ रातोपहिरो बस्ने ५३ वर्षीय नारायणप्रसाद चौलागाईं रहेका छन्।

आफ्नै बारीमा रुख काट्ने क्रममा किचेर शुक्रबार विहान उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *