तेस्रोपटक चुनाव जिताइदिएकोमा मतदाताहरूप्रति सांसद् केसीको धन्यवाद्
थानकोट ।
लगातार तेस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका काठमाण्डाै क्षेत्र नं. १० का सांसद् राजेन्द्र कुमार केसीले मतदाताहरूमा धन्यवाद् दिनुभएको छ ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद केसीले लेख्नुभएको छः
तेश्रोपटक निर्वाचित गरिदिनु भएकोमा तथा निर्वाचन परिचालन र प्रचारप्रसाको क्रममा खटिनुभएका नेता कार्यकर्ता एवंम शुभचिन्तक सबैमा भित्री हृदयदेखि धन्यवाद साथै आभार व्यक्त गर्दछु । आउने पाँच वर्षभित्र मैले सुरू गरेको अधुरो कामलाई पूरा गर्दै यहाँहरूको सुझाव अनुसार विकास निर्माणका काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
केसी मंसिर ४ मा सम्पन्न निर्वाचनमा १४४५८ मत पाउँदै निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११७८६ मत पाउनुभएको थियो ।
काठमाण्डाै क्षेत्र नं. १० मा काँग्रेसका राजेन्द्रकुमार केसीको सानदार ह्याट्रिक














