समानुपातिकतर्फ निर्वाचित हुने माओवादी केन्द्रका १४ सांसद
थानकोट ।
नेकपा (माओवादी केन्द्र) ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदहरूको नामावली टुंगो लगाएको छ ।
शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूको नाम टुंगो लगाएको कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।
शनिबारनै सो नामावली निर्वाचन आयोगमा बुझाइएको छ ।
शुक्रबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सैद्धान्तिक छलफल गरी समानुपातिकतर्फको नामावली टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।
आदिवासी जनजाति महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्य
हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
रुपासोसी चौधरी (थारु)
दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी
मधेशी
मीना यादव
अमरावती देवी यादव
पिछडिएको क्षेत्र
कल्पना मिया










