घनश्याम भुसालसहित १२ जना नेकपा एमालेबाट निकालिए
थानकोट ।
नेकपा एमालेले सो पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट हटाएको छ ।
शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले उनीहरूलाई अन्तरघात गरेको भन्दै हटाएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
त्यस्तै, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह र कुन्दन कुशवाह, रामप्रीत राम, बद्री न्यौपाने,रिता साह, गंगा चौधरी, टेकबहादुर वलाम्पमकीलाई केन्द्रीय सदस्यबाट हटाएको हो ।
केन्द्रीय निकायका वांदी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि एमालेले कारबाही गरेको छ ।
त्यस्तै समानुपातिक सूचीमा रहेर पनि पार्टी गतिविधिमा लागेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरेको छ ।









